२१ असार २०८३, आइतबार

चौदण्डीगढीमा सर्पदंश उपचार केन्द्र संचालनमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको आधारभुत नगर अस्पतालाई गत जेष्ठ ५ गते सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेसँगै हिजो बुधबारबाट सेवा संचालनमा आएको छ ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, पूर्व नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले एक कार्यक्रमका बीच उपचार केन्द्रको उद्घाटन गरेका हुन् । आधारभुत नगर अस्पताल चौदण्डीगढीका डाक्टर अमृत कर्णका अनुसार अस्पतालमा अहिले ‘एन्टी स्नेक भेनम’ राखेर उपचार सुरु गरिएको हो ।

बर्षाको समयमा रातको समय वा दिनमै पनि स्थानीयलाई खजुरा, बिच्छी लगायतका किराको डसाई हुँदा समेत बिरामीलाई अस्पताल ल्याउने गरेका छन् । उनीहरुलाई २४ घटनासम्म बेडमा राखेर अनुसन्धान गरेर सर्पको डसाई हो वा होइन भन्ने पहिचान गरि उपचार सुरु गर्नु पर्ने हुन्छ । अहिले उक्त सबै सामाग्री अस्पतालमा यथेष्ट रहेको डाक्टर कर्णले बताए ।

डाक्टर कर्णका अनुसार सर्पको डसाईबाट बिरामीलाई निकै समस्या भएर आइसीयुमा राख्नु पर्ने अवस्था भए आइसीयु सम्म पुर्याउन आवस्यक सामाग्री समेत अहिले अस्पतालमा रहेको छ । आधारभुत नगर अस्पताल चौदण्डीगढीमा अहिले तीन जना एमबिबिएस डाक्टर र एक जना सर्पदंशका बिरमीको उपचार गर्न तालिम प्राप्त व्यक्ति रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिए ।

उदयपुरमा हरेक बर्ष सयौंको संख्यामा स्थानीयहरुलाई विषालु सर्पले डस्ने गरेको छ । त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको नेपाली सेनाको १८ नम्बर बाहिनी हाता भित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र संचालक समितिका सचिव यदु ढकालका अनुसार उदयपुरमा बिशेष गरि गोमन, करेत, हरेउ र हिमाली करेत जस्ता विषालु सर्पको डसेका बिरामीहरु आउने गरेका छन । त्यहाँ मात्र बार्षिक ३ सयमा सर्पले डसेका बिरामी आउने गरेका छन्।

चौदण्डीगढी आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र संचालनमा आए संगै जिल्लामा सर्पदंश उपचार केन्द्रको संख्या चार पुगेको छ । उदयपुरमा गाईघाट भुल्के स्थित नेपाली सेनाको १८ नम्बर बाहिनी, कटारी नगरपालिकाको ताराघारीस्थित सैनिक व्यारेकमा र बेलका नगरपालिकाको नगर अस्पतालमा सेवा संचालनमा रहेका छन ।