
काठमाडौं, १५ जेठ । साउदी अरबले मुस्लिम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको वार्षिक हज यात्राअघि पक्राउ परेका एक प्रसिद्ध इरानी धर्म गुरूलाई साउदी अरबले बिहीबार रिहा गरेको छ ।
इरानको इस्ना न्यूज एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी भनेको छ, “धर्मगुरू घोलाम्रेजा घासेमियनलाई रिहा गरिएको छ । इरानी अधिकारीहरूसँगको भेटपछि उनी इरानतर्फ गरेका हुन् ।”
साउदी सरकारको आलोचना गरेको भिडियो अनलाइनमा भाइरल भएपछि गत सोमबार पक्राउ परेका धर्मगुरुसँग इरानले भेटेको जनाएको छ ।
भिडियोमा सेतो तीर्थाटन पोशाकमा सजिएका घासेमियनले साउदी नेताहरूले किब्लालाई ‘जुवा खेल्ने घर, दुव्र्यवहार र अश्लील कन्सर्टका लागि ठाउँ’ बनाएको आरोप लगाएका थिए ।
किब्लाको बेथितिलाई साउदी अरबका नेता राजकुमार मोहम्मद बिन सलमानले हालैका वर्षहरूमा लागू गरेको सामाजिक सुधार भएको भनी घासेमियनले व्यङ्ग्यात्मक अभिव्यक्ति दिएका थिए । रियादले घासेमियनको गिरफ्तारीको पुष्टि गरेको छैन तर तेहरानले सन् २०२३ मा बेइजिङको मध्यस्थतामा भएको सम्झौतापछि मध्यपूर्वका प्रतिद्वन्द्वीहरूबीचको सम्बन्धमा आएको चिसोपनको असरबारे चिन्ता व्यक्त गरेको थियो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार अबेर एक सन्देश पोस्ट गर्दै भने, “विशेषगरी हजको आध्यात्मिक वातावरणमा आँच पु¥याउने कुनै पनि प्रयासविरूद्धको मुस्लिम एकतामा इरान प्रतिवद्ध छ ।”
“इरान र साउदी अरबको प्रगतिशील मार्गलगायत हाम्रा छिमेकी दाजुभाइसँगको सम्बन्धमा कसैबाट पनि खलल पु¥याउन नदिन हामी कटिबद्ध छौँ,” उनले भने ।
इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँ गीरले धर्मगुरुको गिरफ्तारीलाई ‘अनुचित र गैरकानुनी’ भनेका थिए।








प्रतिक्रिया