१९ असार २०८३, शुक्रबार

व्यवसायका लागि क्लासिक टेकले सार्वजनिक गर्‍यो १ जीबीपीएस क्षमताको प्रो इन्टरनेट स्पीड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १००० एमबीपीएस अर्थात् १ जीबीपीएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पिड सार्वजनिक गरेको छ।

यसमा पब्लिक आईपी एड्रेस, एल२ सपोर्ट र वाइफाइ ६ राउटर निःशुल्क रहेको कम्पनीले जनाएको छ।

विशेषतस् धेरै प्रयोगकर्ता भएको व्यवसायजस्तै होस्टेल, स्कूल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।

साना इन्टरनेट स्पिडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिँदा प्रायस् स्पिड कम हुने र कन्जेसन हुने भएकोले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्नसक्ने इन्टरनेट स्पिड को मागअनुसार १जीबीपीएस इन्टरप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो ।

१ जीबीपीएसको मूल्य भने एकदमै कम र अहिले अफर पनि छ। जसमा मासिक ७ हजार २९९ रुपैयाँबाट सुरु हुन्छ।

यति मात्र नभई ५०० एमबीपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको हो। यसअन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइसकेको कम्पनीले बताएको छ।