२९ जेष्ठ २०८३, शुक्रबार

शिवम् सिमेन्टद्वारा ‘नो कम्प्रोमाइज’को नयाँ संस्करण सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’को दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रोमाइज’को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ ।

क्वालिटीको मामलामा नो कम्प्रमाइज, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराहरूले नै शिवम् ब्राण्डको मूल पहिचान निर्माण गरेको छ । आफ्नो गुणस्तरको कारणले नै शिवम् सिमेन्टले, सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

हालै सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलर झैँ सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरुमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो । त्यसपछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाइज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ । शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरु समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने बताइएको छ ।