९ श्रावण २०८३, शनिबार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा विशेष छुट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ जेठ । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिर्साेटबीच विशेष छुट सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

समझदारीपत्रमा इला कम्फर्ट होटल एण्ड रिर्साेटका तर्फबाट महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबिसिओ) राजु रानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिर्साेटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Skip This