२२ असार २०८३, सोमबार

एनआईसी एशिया बैंकमा लामो समय सेवा पुर्‍याएका कर्मचारी सम्मानित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गरेको छ ।

विभिन्न प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा त्यसभन्दा बढी समय सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको संघले जनाएको छ । उनीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ । जसअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिने संघले जनाएको छ ।

एनआईसी एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।