१३ असार २०८३, शनिबार

सर्वोच्चले रवि लामिछानेको मुद्दामा गरेको आदेश सच्यायो

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा गरेको आदेश सच्याएको छ ।

आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो।

त्यहाँ ‘आदेश’ उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आज पेशी राखेर आदेश सच्याएको हो ।

‘अदालतबाट जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश ‘फैसला’ हुन गएकोले न्याय प्रशासन ऐन, २०७३ दफा १८ (३) बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन प्राप्त भएको देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

सर्वोच्च अदालतले लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशलाई सदर गर्दै पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको छ ।