६ असार २०८३, शनिबार

शुभमन गिल बने भारतको टेस्ट कप्तान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ब्याट्सम्यान शुभमन गिललाई भारतीय टेस्ट टोलीको नयाँ कप्तान बनाएको छ भने ऋषभ पन्तलाई उपकप्तानको रूपमा चयन गरेको छ ।

शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो निर्णय गरेको हो । साथै, इङ्गल्याण्ड भ्रमणको लागि १८ सदस्यीय टोलीको घोषणा गरिएको थियो । जुन २० देखि सुरु हुने इङ्गल्याण्ड भ्रमणमा भारतले ५ टेस्ट खेल्नेछ ।

विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायरले टोलीमा स्थान पाएका छन् । शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।