१ श्रावण २०८३, शुक्रबार

होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । इन्द्रेणी मल्टीप्रपोज इन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ्नै देशमा होटल रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताए ।

अध्यक्ष ढकालले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेका हुन्छौँ । कतिपय सम्भावनाहरु अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसावलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो । नेपालमा साच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उदेश्यले होटल अगाडि बढाउनु भयो यो साच्चिकै राम्रो पक्ष हो ।’ साथै, उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए ।

अध्यक्ष ढकालले मार्कोपोलो प्रालिले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।