८ असार २०८३, सोमबार

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा जारी संगठनको ७८औँ महासभामा नेपाल सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो ।

निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन्।

नेपाल अब तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ।