११ असार २०८३, बिहिबार

सेरेस–३ ईभी थाई बजारमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेस आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ ।

चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेडमार्फत थाई बजारमा उपलब्ध गराइएको हो । यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाइल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ ।

थाइल्याण्डमा सेरेस ३ दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यहाँ सेरेस ३ कम्फर्टको मूल्य ६ लाख ७० हजार थाईभाट र सेरेस ३ कम्फर्ट सनरुफको मूल्य ६ लाख ९९ हजार ९०० थाईभाट रहेको छ ।

एडिसन ईभीकि डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले थाइल्याण्डमा एउटा केन्द्रीय शोरूम स्थापना गर्ने तयारी गर्दैछ र स्थानीय साझेदारहरूसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा छ । कम्पनीको सन् २०२५ भित्र देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य रहेको छ । यो कदमले डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ । सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने अपेक्षा गरिएको छ।

सेरेस सेतो, रातो, निलो, कालो र खरानी गरी पाँचवटा रङहरूमा उपलब्ध छ । भित्री भागमा भने ग्राहकहरूको रुचि अनुसार रोज्नका लागि कालो र खैरो गरी दुई वटा विकल्प रहेका छन् ।

थाइल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । एडिसन ईभी जस्ता अनुभवी साझेदारको साथमा यस ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजान खोजेको देखिएको छ ।