
काठमाडौं, ८ जेठ । भारतमा एकजना नेपाली नागरिक पक्राउ परेका छन् ।
पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा नेपाली नागरिक अन्सरुल मियाँ अन्सारी दिल्लीमा पक्राउ परेका हुन् । हालसम्म नेपाली मियाँसहित २१ जना आइएसआइ एजेण्ड पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
नेपाली नागरिक मियाँले आफू कतारमा क्याब चालकको रूपमा काम गरेको सोही सिलसिलामा आइएसआइसँग सम्पर्क भएको बयान दिएको दाबी गरिएको छ ।
दिल्ली प्रहरीका अधिकारीहरूका अनुसार, संवेदनशील तथ्याङ्क सङ्कलन र प्रसारण गर्ने निर्देशनमा अन्सारुल नेपाल हुँदै भारत प्रवेश गरेका थिए । पक्राउ पर्दा उनी पाकिस्तान यात्रा गर्ने प्रयास गरिरहेको बताइएको छ ।








प्रतिक्रिया