१३ असार २०८३, शनिबार

व्यंग्य विनोद !

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टेकराज पौडेल

संसदमा बोल्न भुलेको बिषय सम्झाएको छु ! नाताबादसँग सम्बन्धित भएकोले सम्सदमा हङ्गामा गर्नु हुने अपेक्षा गरेको छु !

माननीय हरि ढकाल ज्यु !
चितवन क्षेत्र न.१ बाट तपाईंसङ्ग चुनाब हारेको बिस्वनाथ पौडेल गभर्नर बनेको नाताबादको कारण हो भनेर सम्सदको रोस्ट्रमबाट थर्काएको हेर्ने सुन्ने मन छ!

माननीय ज्यु, बोल्नुस ‘नाताबादमा लिप्त भयो देश’ !

जनजातीको छोरा बर्षमान पुनलाई हटाएर गतबर्ष रास्ट्रपती रामचन्द्र पौडेलले आफ्नै भाई बिष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्रालयको सपथ खुवाएको दुनियाँलाई थाहा भएकै कुरा हो !

एक जना भट्ट जो रास्ट्र बैन्ककै निर्देशक थिए १ पश्चिम डोटि दिपायल तिरका थिए सायद ! पौडेलहरुके थर लेख्नु भन्दा अघि आजका पौडेलहरुले आफ्नो थर ‘भट्ट’ लेख्ने गर्दथे । भट्ट पनि हाम्रै पुर्खा हुन भनेर बुझेको भए बिष्णु पौडेलको आज टाउको लुकाउने ठाउँ पाउथे होला ! तर अर्थ मन्त्री बिष्णु पौडेलले पौडेलको नाम न आउन्जेल सिफारिस समितिको बैठक नै डाकेनन् ! जब कतैबाट आउने देखेनन आफ्नै सिफारिस समितिमा रहेका पौडेललाई राजीनामा गराएको के दुनियाँले देखेको छैन र ? विश्वनाथ पौडेल र बिष्णु पौडेल दुई भाइ बाबुका छोराहरु हुन सक्दछन भन्ने पौडेलले भैँसेपाटी र चितवनमा जग्गाको श्रेस्ता हेर्दा थाहा भैहाल्दछ नि हरि सर माननीय ज्यु !

तपाईसङ्ग निर्वाचन लडेर हारे पछि पनि त्यो मुर्खले कहीं मुख देखाउन हुन्छ ? अझ प्रतिष्पर्धी भएपनि ठिकै भन्न हुन्थ्यो तेश्रो पो ! भएको मान्छे हुन् ! एक पटक निर्वाचन हारीसके पछि म असक्षम भनेर देशै छोड्नु पर्ने हो ! धेरै नेपाली देशमा काम गर्न नजानेर चुनाब जित्न नसकेर बिदेश भासिएको देख्दा देख्दै अझ अमेरिका पढेर उतै नबसेर देशमा असक्षम बन्न आएको हुतिहारा ! यस्तोले त जनतामा मुख देखाउन हुने थिएन !

तपाईसङ्ग निर्वाचन हारेर लुकेर बस्नु पर्ने मान्छेले  तपाईं संसदमा चिच्याए बापत् पाउने पारिश्रामिक रुपी तलबभत्ताको हजार हजारको नोटमा बिश्वनाथ पौडेलको हस्ताक्षर भएको पैसा कसरी बुझ्ने ? यो तपाईं माथिको सरासर षडयन्त्र हो भन्ने कसले बुझेको छैन र ? बिष्णु पौडेलले एक तिरबाट दुई निसाना लगाएका छन् ? आफू अर्थमन्त्री भएको बेला आफू मातहतको मन्त्रालय भित्र पर्ने रास्ट्र बैन्कको गभर्नर आफ्नै भाई बनाएका छन भने अर्को इतिहासमा अहिलेसम्म नोटमा भट्टराई , श्रेष्ठ , खतिवडा, नेपाल , सबै जसो भएका छन तर देश भरमा सबै भन्दा धेरै जनसंख्या रहेको पौडेलको हस्ताक्षर नभएको देखेकाले पनि पौडेललाई बनाएका हुन भनेर यस्तो श्वेत आरोप लगाउदा तपाइलाई संसद मै ताली नलाउने कुनै सांसद हुन्नन् होला ! आफुले साधारण खर्च र पुजिगत खर्चमा गाउँ शहरमात्र होइन दुरदराजमा पठाउने नोटमा किन पौडेलले नै सिग्नेचर गरेको रकम नपठाउने भनेरै विश्व पौडेललाई गभर्नर बनाएका हुन ! यस तथ्यलाई अझ सम्सदमा कपाल हल्लाउदै चिच्याएर भन्नू पर्दछ !

हो हिजो काङ्ग्रेस-एमाले एक अर्काका शत्रु थिए । चुनाब लड्दा एक अर्काकाविरुद्द आक्रामक भएर लडे ! त्यति मात्र होइन एमालेलाई हराउन काङ्ग्रेसले एमालेबिरुद्ध गठबन्धन समेत बनायो । तपाइको क्षेत्रमा तपाईले जित्नु हुन्छ भन्ने थाहा पाएको भए के हुन्थ्यो थाहा छैन तर मुख्य शत्रु भएर लडेका पार्टी नेकाबाट चुनाब हारेको मान्छेलाई त मुखै नहेर्नु नि लाजै भएन ! यिनिहरुले आफ्नो नाताको भनेर ल्याएको प्रस्ट छ ! म नाताबादमा बिष्णु पौडेलले विश्व पौडेललाई ल्याएको भन्ने कुरामा फोकटको आरोप लगाएको छैन हेर्नुस् पौडेल बंश महा संघले बिज्ञप्ती नै निकालेर स्वागत गरेको ! भन्न नछुटाउनु होला ।

हुन त देउवा दादाले पनि भट्टलाई पश्चिम कै भनेर बनाउन चाहनु भएको थियो भन्ने पनि सबैलाई थाहा छ । पस्चिमको भट्ट जो त्यही राष्ट्र बैंकमै काम गरेको पनि हुन् ।

कालान्तरमा आफू त्यही बैंकमा भएकोले अधिकारले पाएको हुन भन्दै पछि आफैँलाई नटेर्ला जस्तो लागे होला ! बिष्णु पौडेलले आर्जु भाउजू मार्फत पौडेललाई गभर्नर बनाए पछि आफ्नै सिग्नेचर भएको पैसा छापेर आफै एक ट्रक पैसा बोकेर आउन सक्ने भन्ने खासखुस भएको अनुमान लगाउन गार्हो छैन ! फेरि भाउजू पनि हरेक नियुक्ति , सरुवा बढुवा र ठेक्कापट्टामा अलिकन भाग खोज्छिन् भन्ने बूढानीलकण्ठका नजिक पुग्नेहरु कस्लाई थाहा छैन ?  यो त झन गम्भीर कुरा हो ! जहातहीँ भन्न मिल्दैन आज देखि बूढानीलकण्ठ जाने बाटोमा ट्रकको निगरानीको लागी संसदमै कुरा उठाउनु पर्दछ ढकाल माननीय ज्यु !

अझ उफ्रीउफ्री बोल्न पर्यो कि माननीय ज्यु यता बिष्णु पौडेलले देशब्यापी पौडेलहरु भरिरहँदा प्रधानमन्त्री केपी ओलि किन चुक्क बोल्नु हुन्न ?बुझी सक्नु छैन ! केही बर्षअघि आफ्नै बहिनी कोमल ओलीलाई राष्ट्रिय सभाको सांसद बनाएका ओलीले उनको कार्याकाल सकिएपछि दाङ ३ को निर्वाचनमा प्रत्यक्ष निर्वाचनको लागि टिकट दिइएको थियो ! त्यसैगरी सालो विद्यासुन्दर शाक्यलाई काठमाडौंको मेयर र अर्को सालो सानुराजा शाक्यलाई लुम्बिनी विकास कोषको सदस्य सचिव बनाएपछि प्रधानमन्त्री ओलीको नाताकै सालो श्रीमती राधिका शाक्यले यी माथी नाम आएका मेरा भाइ आफन्त हैनन् पर्दैन भनेर हुन्छ ? राधिका शाक्यसँग थर मिलेपछि चाहे इलामको होसकी काठमाडौं होस कि ललितपुर को मतलब ? अस्ति भर्खर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका शाक्य इलामका भए पनि शाक्य होइनन् भनेर कस्ले भन्ने ?हितेन्द्र शाक्यलाई कस्ले भन्दछ प्रधानमन्त्री ज्युको सालो होइन भनेर ! के हितेन्द्रले कसम खाएर भन्न सक्दछन् म कसैको सालो पर्दैन भनेर ?होइन भन्ने दावालाई साबित गर्न सक्दछन् भने शाक्य थर आफ्नो नामबाट हटाउनु पर्दछ ! पूर्व राजदुत र हालको राष्ट्रिय सभाकी सांसद अन्जान शाक्य त ललितपुर कै हुन त !

प्रधानमन्त्री ओलीले सालो हितेन्द्रदेब शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर गाली खाइरहेको देखेकाले पनि कुनै ओली वा शाक्य तत्काल बनाउन नसकिने भएकोले नै बिष्णु पौडेलको बिरोध गर्ने स्थिति बनेन भन्ने त बुझ्न नजान्ने मान्छे हो र माननीय ज्यु तपाईं ? एउटा गोप्य सुचना दिन्छु तपाईलाई तीन महिना अघि मात्र बाठा बिष्णु पौडेलले रिक्त खाली रहेको कर्मचारीहरुको प्रमुख पद मुख्यसचिव बनाउन पौडेलको खोजी गर्नुभयो ! सिंहदरबार वरिपरि खुबै खोजी भयो आफ्नो नजिकको नपाएपछि पौडेलको साटो गोत्रसम्म फरक नपार्ने गरि अर्याललाई मुख्य सचिव बनाए ! पौडेल, अर्याल सिग्देल, फुल्लेल र पानी पोख्रेल, थापाहरु समेत आत्रेय गोत्रका हुन् । पौडेल नै नपाउँदा त गोत्र मिल्नेसम्म त राख्नु पर्यो नि !

तपाईं अध्यक्ष लामिछानेलाई कसरी सहकारीको ठगीबाट बचाउन सकिन्छ भनेर उता व्यस्त भएका बेला खुसुक्क एक नारायण अर्याललाई मुख्य सचिब बनाएको थाहा नै पाउनु भएन ! उनलाई मुख्य सचिब बनाएको भित्रि रहस्य अझ गम्भीर छ । गोत्र त मिलि नै हाल्यो नै एकनारायण र बिष्णु पौडेलको जन्म स्थलो स्याङजा कै भएपछि अरु के चाहियो ?

यति मात्र कहाँ होर माननीय ज्यु ! यी बिष्णु पौडेल यति बाठा छन् २०६८/६९ तिर सोझा प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको संयुक्त सरकारमा मुख्य सचिवमा लिलामणी पौडेललाई मुख्य सचिव बनाउन पहल बढाउने यिनै बिष्णु पौडेल हुन् ! लिलामणी कसरी मुख्य सचिव भए भन्ने अब बुझ्नु भयो होला नि !

माननीय ढकाल ज्यु तपाईलाई यति क्लू दिएपछि अबको एक हप्ता संसद तताउनु पर्दछ है ! म त टिभी खोलेर तपाईलाई खोज्दै हुनेछु १!
(कपिलवस्तु)