१० श्रावण २०८३, आइतबार

वासिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ८ जेठ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बुधबार साँझ इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ । यो आक्रमण एफबीआईको फिल्ड कार्यालयबाट केही कदम टाढा क्यापिटल यहूदी संग्रहालय नजिकै भएको थियो ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले घटनाको पुष्टि गर्दै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा दुवै कर्मचारीको मृत्यु भएको जानकारी गराएकी छन्।

डीसीका प्रहरी प्रमुखले आक्रमणकारीहरूले प्यालेस्टाइनको समर्थनमा नारा पनि लगाएको बताएका छन् ।