
काठमाडौं, ७ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्बि लामा लगायतले विमानस्थलमा स्वागत गरे।
सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्न सफल भएको छ ।
अन्तिम खेलमा भने नेपाल थाइल्यान्डसँग पराजित भएको थियो।















प्रतिक्रिया