
काठमाडौं, ७ जेठ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलालीको चुरे गाउँपालिकाअन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको दुर्गममा रहेको विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बीच झोला वितरण गरेको हो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक अभिभावक संघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।









प्रतिक्रिया