३१ जेष्ठ २०८३, आइतबार

बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ७ जेठ । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ ।

स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँमा निर्माणको काम सम्पन्न भएको हो ।

सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । पक्की बनाउन नसकिने स्थानमा यस्ता निर्माण गरिने उनले बताए ।

यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।