२६ जेष्ठ २०८३, मंगलबार

सिन्धुलीमा एभरेष्ट बैंकको शाखा विस्तार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार गर्दै बागमती प्रदेशको सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थिति सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गरे ।