२५ जेष्ठ २०८३, सोमबार

प्रभु बैंक, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारबीच समझदारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । प्रभु बैंक लिमिटेड (पीबीएल) र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्र (एमओयूओ) मा हस्ताक्षर भएको छ ।

समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलेला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट पाउनेछन् । समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपानमा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट र आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क विशेष सुविधाहरू प्राप्त गर्नेछन् ।

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम शुरु गरेको बैंकको भनाइ छ । जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।