६ श्रावण २०८३, बुधबार

जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो ।

“पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ । राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन्।

लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई ‘दुःखी’ बनाएको बताएका छन् । “हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उहाँकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ,” ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भने ।
“जो एक लडाकु हुन्,” बाइडेनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्ने सुभेक्षा प्रकट गरिन् । ह्यारिसले गत वर्षको राष्ट्रपतीय चुनावबाट बाइडेनले नाम फिर्ता लिएपछि ट्रम्पविरुद्धको लडाइँमा राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवारका रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । “मलाई थाहा छ, उहाँले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्नुहुनेछ जसले सधैँ उहाँको जीवन र नेतृत्वलाई परिभाषित गरेको छ। हामी पूर्ण र शीघ्र स्वास्थ्यलाभको लागि कामना गर्दछौँ,” उनले भनिन् ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।

यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ ।

हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या ९रोग० पूर्णरूपमा निको पार्ने विधि होइन।

विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ । बाइडेनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ ।

– ‘मलाई हेर्नुहोस्’ –

बाइडेनले यसै वर्षको जनवरीमा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपतिका रूपमा पद छोडेका थिए । उनको कार्यकालको अधिकांश समय उनको स्वास्थ्य र उमेरलाई लिएर डेमोक्र्याट मतदातालगायत अन्य अमेरिकीहरूले वृद्ध नेताले कार्यभार सम्हाल्नु सम्भव होला भन्ने आँकलनबीच आफ्नो कार्यकाल सकुशल पूरा गर्दै उहाँले आफ्नो स्थानमा राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्व राष्ट्रपति कमला ह्यारिसलाई अघि सार्दै सक्रिय राजनीतिबाट बिदा लिएका थिए । राजनीति वा विश्राम दिनुभन्दा पहिले उनीमाथि लागेको आरोपबारे उनले कडारूपमा भन्ने गर्दथे, “मलाई हेर्नुहोस्।”

गत वर्षको जुलाईमा ट्रम्पविरुद्धको विनाशकारी बहसमा उहाँको संज्ञानात्मक क्षमताको डर बाहिर आएपछि उनको पराजय हुने डरले उनलाई आफ्नै कार्यकर्ता तथा नेताहरूबाट राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित हुने लालसा त्याग्न भनिएको थियो र अन्ततः उनले सक्रिय राजनीतिक यात्राबाट विश्राम लिए ।

ह्यारिसले राष्ट्रपतिको उम्मेदवारका रूपमा पाइला टेकेपछि राष्ट्रपतिको उम्मेदवारका रूपमा बाइडेनको तुलनामा उनको पक्षमा समर्थन चुलिएको थियो । तर अन्ततः उनी ट्रम्पसँग पराजित भएकी थिइन् ।