१९ असार २०८३, शुक्रबार

जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : महेश बर्तौला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरु चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए ।

उनले भने, ‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहीनतामा रहेको अर्थतन्त्रलाई लयमाल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको छ । तर जनतामा निराश छाउने गरी अभिव्यक्तिहरु आइरहेका छन् । गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो । यो संसदमा पनि यस्ता प्रवृत्तिहरु देखिरहेका छौँ । जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरु, जादुवाला नम्बर भएकाहरुबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो ।’

यस्तै, उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन भन्दै गर्दा विपक्षी सांसदहरु सरकारमा हुँदा भएका कामहरुको पनि तथ्यतथ्यांक स्पष्ट रहेको बताए ।