
काठमाडौं, ५ जेठ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पोखरेलसमेत ५ जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन वर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ।








प्रतिक्रिया