२९ असार २०८३, सोमबार

चारजना सांसद सवार गाडी दुर्घटना

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ बैशाख । कोशी प्रदेशका चारजना सांसद सवार गाडी दुर्घटनामा परेको छ ।

आज विराटनगरतर्फ आउँदै गरेको चारजना सांसद सवार गाडीलाई मोरङको कानेपोखरीमा अर्को गाडीले ठक्कर दिएको हो । नेपाल प्रहरीका एक जना डीएसपीको गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो । बा ५ च ३५२० नम्बरको गाडीमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी सन्तोष खड्का सवार थिए ।

उनको गाडीले सांसदहरू सवार बीएई १४०६ र बा ५ च ३५२० नम्बरको गाडीलाई ठक्कर दिएको हो ।

गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरूलाई सामान्य चोट लागेको बताइएको छ ।