७ श्रावण २०८३, बिहिबार

सर्वोच्च अदालतमा आज पनि रविको मुद्दा हेर्न नमिल्नेमा !

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ ।

यसअघि पाँच पटक लगातार हेर्न नमिल्नेमा परेपछि आज हेर्न मिल्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो । तर अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

आजसहित लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको हो ।

लामिछानेकोतर्फबाट एक महिनाअघि रिट दायर भएको थियो ।