७ असार २०८३, आइतबार

युएईलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा प्रवेश

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेपाल महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको थियो ।

ओपनर राजमती ८ रन जोडेर रनआउट भइन् । अर्की ओपनर सम्झना खड्काले २७ बलमा ३ चौकासहित २१ रनको योगदान दिइन् । कविताले ५ रन मात्र बनाउन सकिन् ।

चौथो विकेटका लागि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले २४ रनको साझेदारी गरे । पूजा १३ रन जोडेर स्टम्पिङ भइन् ।

रुविना क्षेत्री र इन्दुले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरे । रुविनाले १८ बलमा २३ रनको योगदान दिइन् । इन्दुले अविजित ३० रनको इनिङ्स खेलिन् । रुवि पोदार ६ रनमा नटआउट रहिन् ।

यूएईका लागि सुरक्षा कोटी, वैष्णवी महेश, मिशेल बोथा र ईशा ओजाले समान १–१ विकेट लिए ।