२५ असार २०८३, बिहिबार

न्यायालयले राजनीतिक संरक्षण गरेकाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गयो : सांसद झा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै झाले न्यायालयले राजनीतिक संरक्षण गरेका कारण विश्वास कमजोर हुँदै गएको बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो’, झाले भने, ‘नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो व्यक्ति परेनन् भने मलाई गाह्रो हुन्छ, भन्न जानुभएको थियो।’