
काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।
यसअघि लगातार पाँच पटक हेर्न नमिल्नेमा परेको रिट आज हेर्न मिल्ने इजलास राउत र पाण्डेयको इजलासमा तोकिएको हो ।
हिजो सर्वोच्च अदालतले लामिछानेको रिट हेर्न मिल्ने इजलासमा पार्न आदेश दिएको थियो । लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि सँगै राखिएको छ।








प्रतिक्रिया