१३ असार २०८३, शनिबार

प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राख्दै प्रि–बजेट एक्सचेन्ज फेस्टलाई तीन दिन थप गरेको छ ।

प्रि–बजेट एक्सचेन्स फेस्टलाई जेठ ५ देखि ७ सम्म बढाइएको हो । अभियान सफलतापूर्वक सञ्चालन भइरहेको सिप्रदीले जनाएको छ । यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्।

यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्। साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ ।

यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुनेछ। अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधासमेत पाउनेछन्।