१६ असार २०८३, मंगलबार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको पेशी हेर्न मिल्ने इजलासमा तोक्न आदेश

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट हेर्न मिल्ने इजलासमा पेशी तोक्न आदेश भएको छ ।

आज पनि पाचौँ पटक लामिछानेको निवेदन हेर्न नमिल्नेमा परेपछि सर्वोच्च अदालतले हेर्न मिल्ने इजलासमा पेशी तोक्न आदेश दिएको हो ।

निवेदन आज न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा परेको थियो । तर यो इजलासले यसअघि नै लामिछानेको मुद्दा हेरेकाले हेर्न नमिल्ने भएको थियो।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले मिल्ने बाहेकका न्यायाधीशहरूले गोला तान्ने गरी व्यवस्था गर्न आदेश भएको जानकारी दिए ।

‘पाँचौ चोटी हेर्न नमिल्ने देखिएको रहेछ। त्यसमा हेर्न नमिल्नेलाई तर्काई हेर्न मिल्नेलाई गोला तान्न दिन भन्ने आशयको आदेश भएको छ,’ उनले भने।