
रसुवा, ४ जेठ । रसुवामा सात किलो बढी सुन बरामद भएको छ ।
केरूङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडीबाट प्रहरीले सात किलो बढी सुन बरामद गरेको हो । प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सात वटा सुनको बिस्कुट बरामद भएको हो । सुनको तौल अन्दाजी सात किलो ६५३ ग्राम रहेको बताइएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।














प्रतिक्रिया