
काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने इजलासमा परेको छ ।
लामिछानेलाई गैर कानुनी थुनामा राखिएको भन्दै उनी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ । आइतबार पनि पुनः हेर्न नमिल्ने इजलासमै परेको हो ।
न्यायाधीशद्वय शर्मा र पोखरेलमध्ये पोखरेलले न्यायाधीश नियुक्त हुनुअघि रविको नागरिकता र राहदानी मुद्दामा वकालत गरेका थिए । त्यहीकारण यसअघि पनि उनको इजलासमा हेर्न नमिल्नेमा परेको थियो । यस्तै छविलाल जोशीको रिट पनि हेर्न नमिल्नेमा परेको हो ।
सुप्रिम सहकारीविरुद्ध रवि र छविले उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध ७३ नम्बर निवेदन हालेका छन् ।








प्रतिक्रिया