
काठमाडौं, ३ जेठ । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पञ्चेबाजाले स्वागत गरिएको थियो ।
काठमाडौं ओर्लिएसँगै सञ्चारकर्मीसँगको कुराकानीमा उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् । फतेही बौद्धस्थित हायात ग्राउन्डमा आज साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि आएकी हुन् ।
वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेको बताइएको छ ।
अभिनेत्री फतेहीको नृत्य रहेको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् ।
कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायकगायिकाले पनि प्रस्तुति दिनेछन् । कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायतले प्रस्तुति दिने बताइएको छ ।









प्रतिक्रिया