३२ असार २०८३, बिहिबार

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा उत्साहजनक सहभागिता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याएको छ ।

हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए । पहिलो चरणमा धरानबाट सुरू गरिएको प्रशिक्षण शिविर, जनकपुर हुँदै पोखरामा सकिएको हो । सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले पोखरामा सहभागीहरुमा देखिएको उत्साहले प्रशिक्षण शिविरको लागि थप ऊर्जा मिलेको बताए ।

सहभागीहरुसंग अपार सम्भावना रहेको तर आवश्यक पूर्वाधार र प्रशिक्षणको अभाव रहेको उनको भनाइ छ । हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने उदेश्यले सुरु गरिएको यो कार्यक्रमले अझै धेरै जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेमा उनले विश्वास व्यक्त गरे ।

काठमाडौं किकर्सका प्राविधिक निर्देशक ली म्यान्सनले काठमाडौं किकर्स सिप्रदीसँग ‘फुटबल फर फ्युचर’ मा सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । दुवै संस्थाको साझा लक्ष्य भनेको सम्भावना भएका खेलाडीहरूको सशक्तिकरण रहेको उनले स्पष्ट पारे ।

अन्य देशमा महिलाको राष्ट्रिय टोलीसँगको अनुभव यो लक्ष्यलाई पूरा गर्न कोसेढुंगा सावित भइरहेको उनको भनाइ छ । पोखरापछि ‘फुटबल फर फ्युचर’ – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब सुर्खेत र धनगढीमा हुन लागिरहेको छ ।