
काठमाडौं, २ जेठ । काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गृहजिल्लामा पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत डडेलधुरा पुगेका प्रचण्डलाई सभापति देउवाले काठमाडौंबाट फोन गरेर गृहजिल्लामा स्वागत गरेका हुन् ।
‘फोनमार्फत प्रचण्डले डडेलधुरा आएको जानकारी गराउनु भयो,’ गोविन्द आचार्यले भने,’ उहाँहरूबीच शिष्टाचार कुराकानी भएको हो। प्रचण्डले म डडेलधुरा आएको छु भन्दा देउवाले स्वागत छ जिल्लामा भनेर भन्नुभयो।’








प्रतिक्रिया