
काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।
उनीविरूद्व भ्रष्टाचारको मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । उनी २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार गरेको भन्दै बस्नेतसहित १ जनाविरूद्व विशेष आदालतमा मुद्दा दायर गरेको हो ।








प्रतिक्रिया