
काठमाडौं, १ जेठ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आजदेखि प्रि–बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्दैछ । यो आयोजना आजदेखि जेठ ४ गतेसम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुनेछ ।
ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता सुविधा पाउनेछन् । साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । अतिरिक्त रूपमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन् । इच्छुक ग्राहकहरूले देशभरमा रहेका सिप्रदीको आधिकारीक सोरुममा गई मेलाको अवलोकन तथा ईभी गाडीहरु टेस्ट ड्राईभ गर्न सक्ने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया