३२ असार २०८३, बिहिबार

भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । ग्लोबल कन्जुमर एक्स्पो २०२५ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गरेका हुन् ।

उद्घाटनकै क्रममा पूर्वकप्तान खड्काले यस किसिमको कन्जुमर मेलामा विभिन्न सामाग्रीहरु एकै छानामुनि उपलब्ध हुने भएकाले आफूले पनि सपरिवारसहित एक्स्पो भिजिट गर्ने इच्छा व्यक्त गरे । इभेन्ट्स सोलुसनको आयोजनामा सुरु भएको यस एक्स्पोमा १३० भन्दा बढी स्वदेशी तथा विदेशी स्टलहरु राखिएका छन् ।

साना तथा मझौला उद्योगहरुलाई बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यो एक्स्पोले व्यवसायिक सम्भावनालाई नयाँ दिशा दिने अपेक्षा गरिएको इभेन्ट्स सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

‘सपिङको नयाँ ठेगाना’ भन्ने नाराका साथ सुरु गरिएको यो एक्स्पोमा विभिन्न रोचक तथा आकर्षक कार्यक्रमहरू समावेश छन् । यस एक्स्पोमा ग्राहकले एकै छानामुनि स्वदेशी तथा विदेशी ब्रान्डका सामाग्रीहरु सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

एक्स्पोको मुख्य आकर्षणका रुपमा १५ भन्दा बढी प्रकारका उत्पादन, १३० बढी स्टल, स्वादिलो फुड स्टल, मनोरञ्जनात्मक प्ले जोन, गिफ्ट ह्याम्परहरु राखिएको छ । यो एक्स्पो नवप्रवर्तन, उद्यमशीलता र उपभोक्ता प्रवृत्तिको उत्सव रहेको प्रधानले बताए । यस एक्स्पोमा ५० हजार बढी मानिसहरुले भिजिट गर्ने अपेक्षा गरिएको छ ।

पाँच दिनसम्म चल्ने यो एक्स्पोमा उपस्थिति भई स्टलहरुको अवलोकन गर्न र नेपाली उत्पादनहरूलाई समर्थन गर्न आयोजकको आग्रह छ ।