
काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मानिसको चरित्र उसको भाषा र शैलीबाट थाहा हुने बताएका छन् । सूचना र प्रविधिको युगमा सामाजिक सञ्जालको विशेष महत्त्व रहेको यसले व्यक्तिको चरित्र निर्माण गर्ने महासचिव पोखरेलको भनाई छ ।
सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा र शैलीले उसको चरित्रको पहिचान दिने पोखरेलको धारणा छ ।
‘सूचना प्रविधिको युगमा हरेक व्यक्तिले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र शैलीबाट समेत उसको चरित्रको निर्माण भइरहेको हुन्छ’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।









प्रतिक्रिया