१ श्रावण २०८३, शुक्रबार

पत्रकार फणिदेव महतको निधन

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ ।

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका निवर्तमान अध्यक्ष थिए । महत चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत थिए ।

ब्रेन ट्युमरको समस्या देखिएपछि महतले लामो समयदेखि उपचार गराउँदै आएका थिए ।