५ असार २०८३, शुक्रबार

महिला विश्वकप एसिया छनोट : हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ  ।

टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ  ।

दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ  । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ  । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ  । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ ।

नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ  । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ  ।

दुवै टोलीबीचको अन्तिम प्रतिस्पर्धा यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा भएको थियो  । यो सिरिजको पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित निकाल्दै राम्रो पुनरागमन गरेको थियो ।

नेपालले अहिले समूह ‘बी’ को अंक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ  । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए  । दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो ।

हङकङले दुवै खेलमा वर्षाको कारण अंक बाँडेको छ  । त्यसैले हङकङ पनि जितको खोजीमा रहनेछ, विशेषगरी नेपालसँगको जितले हङकङ पनि सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ  ।

नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो, रुबिना क्षेत्रीजस्ता खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ  । अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट देखिएको नेपाली टोलीले आज पनि सोही लय निरन्तरता दिन सकेमा हङकङमाथि नियन्त्रण राख्न सक्नेछ  ।