३० असार २०८३, मंगलबार

भारत–पाकिस्तान युद्धविराम : आईपीएल मे १७ बाट सुरु हुँदै, फाइनल जुन ३ मा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ शनिबारदेखि पुनः सुरु हुने भएको छ ।

गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो ।

बीआईसीसीका अनुसार फाइनल खेल जुन ३ मा हुनेछ । साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ ।

क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे ३०) मा हुनेछ ।

त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ ।