९ श्रावण २०८३, शनिबार

पाकिस्तानले प्रोत्साहन गरिरहेको आतंकवादले एकदिन उसैलाई ध्वस्त पार्छ : नरेन्द्र मोदी

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी सरकार र सेनाले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले एकदिन पाकिस्तानलाई उसैले प्रोत्सान गरिरहेको आतंकवादले ध्यवस्त पार्ने बताएका हुन् ।

उनले भने, पाकिस्तानी सेना र सरकारले जसरी आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्ने उनको भनाइ थियो । ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ, यसबाहेक शान्तिको अर्को कुनै उपाय छैन,’ ।

पाकिस्तानले आतंकवादी पूर्वाधार नष्ट गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

Skip This