
काठमाडौं, २८ बैशाख । फिफा विश्वकप २०२५ अमेरिकामा हुने पक्का भएको छ ।
आगामी वर्ष हुने संस्करणमा ३२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता २०२५ जुन १५ देखि जुलाई १३ सम्म चल्नेछ । फिफाले क्लब विश्वकपका लागि टोली छनोट गर्ने प्रक्रिया सार्वजनिक गरेको छ ।
प्रत्येक महासंघले सात वर्षको प्रदर्शन, क्लबहरूको उपलब्धि र र्याङ्किङका आधारमा टोली चयन गर्नेछ । युरोप र दक्षिण अमेरिकाका शीर्ष क्लबहरूसँगै अन्य महादेशीय टोलीहरूलाई पनि प्रतिस्पर्धामा ल्याइएको छ ।
फिफाले क्लब विश्वकपका लागि टोलीहरूको चयन महासंघका आधारमा गरिरहेको छ । विभिन्न महादेशीय प्रतियोगितामा क्लबहरूले देखाएको प्रदर्शन र उपलब्धिअनुसार टोली छनोट गरिएको छ ।








प्रतिक्रिया