२८ आश्विन २०८३, बुधबार

को बन्ला त्रिविको उपकुलपति ?

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टेकराज पौडेल

काठमाडौं, २८ बैशाख । देशको सबै भन्दा ठूलो र पुरानो विश्व विद्यालय हो त्रिभुवन विश्व विद्यालय । जुन विश्व बिध्यालय करिब डेढ महिनादेखि उपकुलपतिविहीन छ । उपकुलपति डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि यसको नेतृत्वमा को आउलान् भनेर बहश र चर्चा शुरु भएको छ ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बिध्यालयको प्राध्यापक कर्मचारी, विद्यार्थी र सरकारसम्मको समन्वयमा काम गर्न सक्ने परिपक्क योग्य र विश्व विध्यालयको हितमा काम गर्न सक्ने नेतृत्वको खोजी भएको सहजै अनुमान लगाउन सकिन्छ ।

अघिल्लो नेतृत्वले नयाँ आएका प्रधानमन्त्री एवम् कुलपतिसँग विश्व विद्यालयको समस्या र समाधानका विषयमा कुलपतिसङ्ग समन्वय गर्ने काम त जहाँसुकै जावोस् मिलेर काम गर्न अनिक्षा देखाउँदै राजिनामा दिएर अनुहार लुकाए । यसै कारण पनि डेढ महिनासम्म खाली रहन गएकोले प्रधानमन्त्रीबाट यथाशिघ्र शिक्षा नेतृत्वसँग प्रकृया अगाडी बढाउन आग्रह गरिरहेका बुझिन्छ ।

अघिल्लो हप्तासम्म विश्व विद्यालयको उपकुलपतिको नाममा विद्वान विभिन्न ब्यक्तित्वहरु नाममा चर्चा चले पनि पछिल्लो समय प्रधानमन्त्री कार्यालय सचिवालयमा प्रा. डा मोतिलाल शर्मा भुषालको नाम चर्चा हुन थालेको छ ।

त्रिभुवन विश्व विद्यालय रसायन शास्त्रका विभाग प्रमुख विद्वान व्यक्तित्व प्रा. डा. शर्मालाई उपकुलपति बनाउन पर्ने लबिङ्ग शुरु भएको हो ।

को हुन प्रा.डा. मोतिलाल शर्मा भुषाल ?

विगत ३० बर्षदेखि त्रिभुवन विश्व विद्यालयको रसायन शास्त्रका प्राध्यापक, शालिन बौद्धिक र सबैका प्रिय गुरु हुन्। करिब एक दर्जन पुस्तकका लेखक र सहलेखन कार्यका साथसाथै रसायनशास्त्रीको नाताले कतिब ३ दर्जन मिडियामा उनका रसायन शास्त्र सम्बन्धी लेख÷रचना प्रकाशित भएका छन्।

सबैलाई मिलाउन सक्ने क्षमता भएका भुषाल

त्रिभुवन विश्व विद्यालय अन्तर्गतको एमाले निकटको प्राध्यापक सङ्गठनको पनि निकै लामो समयदेखि उपल्लो नेतृत्वमा रहेर काम गरिरहेकाले पनि प्रगतिशील प्राध्यापक सङ्गठनले पनि भुषाललाई नै अघि सार्न चाहेको देखिन्छ ।

सङ्गठनले भुषालमा अथाह क्षमता र सम्भावनाको खानी भएको र सङ्गठनलाई अत्यन्तै माया गर्ने भएकोले उनकै सम्मानको खातिर पनि भुषाललाई अघि बढ्न आग्रह गरेको बुझिन्छ ।

हुन त उपकुलपतिको लागि धेरैको दौड धुप चलेको बताइन्छ । बालुवाटार श्रोतका अनुसार त्रिभुवन विश्व विद्यालयका पूर्वरजिस्ट्रार डिल्लिराज उप्रेती, जलवायु तथा मौसम विभागका पूर्वप्रमुख डा. दिपक अर्याल त्यसैगरी विगतमा विभिन्न जिम्मेवारीमा रहेर क्षमताको प्रदर्शन गरिसकेका डा. उपेन्द्र कोइराला पनि चर्चाको शिखर मै छन् । यसैगरी बर्तमान निमित्त उपकुलपति डा. खड्क केसीको सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।