
काठमाडौं, २८ वैशाख । एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकास्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहनेछ ।
२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रुपैयाँ रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कात्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइएको छ । यो आयोजना एनएमबि बैंकको अगुवाइमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।















प्रतिक्रिया