२९ जेष्ठ २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २७ वैशाख । यहाँको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।

यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।