२१ कार्तिक २०८३, शनिबार

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुंगाना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ वैशाख । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा रुपा ढुंगाना सर्वसम्मत चयन भएकी छन् ।

शनिबार हेटौंडामा सम्पन्न चौथो जिल्ला अधिवेशनले ढुंगानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

यस्तै, कमिटीको जिल्ला उपाध्यक्षमा सङ्ग्राम बल लामा र धनकुमार मुक्तान, सचिवमा विवेकानन्द न्यौपाने, सहसचिवमा मदनकुमार बल र कोषाध्यक्षमा बिमल विक चयन भएका छन् । सदस्यहरुमा कृति थापा, विमल घलान, कुमार मुक्तान र लिल तामाङ चयन भएका छन् । अधिवेशनमा अन्नपूर्ण पोस्टमा कार्यरत पत्रकार सरोज पौडेल र तेक्वान्दो खेलमा अन्तर्रास्ट्रिय निर्णायक कोष उतिर्ण गरेका बिमलबहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो ।

महासंघको केन्द्रीय महासचिव धरमबहादुर लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर राना, जिल्ला उपसचिव आरती पाठक, महासंघ केन्द्रीय सचिव प्रभु नारायण सिवाकोटी, हेटौंडा उपमहानगरपालिका–११ को वडाध्यक्ष जुना दाहाल, महासंघ केन्द्रीय सचिवालय सदस्य सानु लामा, महासंघ प्रदेश कमिटी सहसंयोजक जेन श्रेष्ठ, युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, महासंघ जिल्ला कमिटीका निवर्तमान अध्यक्ष सविन मोक्तान लगायतको अतिथ्यता रहेको थियो ।