
काठमाडौं, २७ वैशाख । पाकिस्तानका विदेशमन्त्री इशाक दारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको पुष्टि गरेका छन् ।
दारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ !’

केहीबेरअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल एक्समा लेख्दै भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए ।
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प








प्रतिक्रिया