
काठमाडौं, २७ वैशाख । राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरुलाई रिहाइको माग गरेको छ ।
शनिबार राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रर्दशनमा पक्राउ परेका आस्थाका बन्दीहरु रवीन्द्र मिश्र लगायतका ६० भन्दा बढी व्यक्तिहरुलाई रिहाइ गर्न माग गरेको हो ।
रिहाइको मागलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि एक्यबद्धता जनाएका छन् । उनले एक्यबद्धता जनाउँदै आस्थाका बन्दीहरु रवीन्द्र मिश्र लगायतका बन्दिहरु अपराधि नभएको बताए । उनले उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि नगरेकोले तत्काल रिहाइ गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘राष्ट्रवादी देशभक्त साथिहरुबाट आयोजना भएको यो दवाबमुलक कार्यक्रममा एक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । म सरकारलाई आग्रह गर्न चाहन्छु । यी आस्थाका बन्दीहरु रवीन्द्र मिश्र लगायतका बन्दीहरु अपराधि होइनन्, उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन् । उनीहरु विचारका योद्धाहरु हुन् । त्यसैले तत्काल सरकाले रिहाई गर्नुपर्छ ।’









प्रतिक्रिया