३१ असार २०८३, बुधबार

महिला विश्वकप एसिया छनोटमा नेपालको सहज जित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ ।

थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै १ विकेट गुमाएर जित निकालेको हो ।

वर्षाका कारण ५ ओभरमा खेलाइएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले १ विकेट गुमाएर ४१ रन बनाएको थियो ।

यसअघि पहिलो खेलमा वर्षाको कारण खेल नहुँदा नेपालले हङकङसँग अंक बाँडे‌को थियो ।